गीताको हत्या आरोपमा पक्राउ परेका भतिज निर्मल घरमा आउजाउ गर्थे

काठमाडौं : ललितपुर अल्का अस्पतालमा कार्यरत कर्मचारी गीता केसीको हत्याको संलग्न भएको आशङ्कामा उनका भतिजा निर्मल केसी पक्राउ परेका छन् ।

ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार निर्मललाई ललितपुरकोे भैँसीपाटी घरबाट प्रक्राउ गरिएको हो । उनलाई अनुसन्धानको लागि चापागाउँ प्रहरी कार्यालय पठाइएको एसएसपी राईले जानकारी दिए ।

याे पनि पढ्नुस  ग्रान्डी र अल्का अस्पतालले कोरोनाका शंकास्पदलाई उपचार गर्न मानेनन्, होला त कारवाही ?

अनुसन्धानमा ३९ वर्षीया गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान छ । उनको शव गोदावारी नगरपालिका-१०, मुलडोलस्थित लेलेको जङ्गलमा भेटिएको हो ।

हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ । मृतक केसीको शरीरमा धेरै चोटपटक देखिएको छैन ।
भदौ १७ गते भतिजा निर्मलसँग अफिस जान्छु भनेर हिँडेकी गीता राति अबेरसम्म घर नआएपछि अर्को दिन उनको परिवारले हराएको भनी प्रहरीमा निवेदन दिइएका थिए ।

याे पनि पढ्नुस  काठमाडौंका संक्रमितको ललितपुरमा मृत्यु

प्रहरी कार्यालयमा निवेदन आएसँगै गीताको खोजीको लागि प्रहरी अनुसन्धान सुरु गरेको थियो । शुक्रबार बेलुका ७ बजेतिर स्थानीय बासिन्दाले अल्का अस्पतालको परिचय पत्रसहित लास देखेको खबर गरेपछि प्रहरी त्यस घटनास्थल तर्फ गएको एसएसपी राई बताउँछन् ।

मृतक गीताका २ बच्चा छन् । गीता अल्का अस्पतालमा ‘हाउस किपर’ को रूपमा काम गर्थिन । भतिजा निर्मल केसी र उनीबीच केही वर्षदेखि निकट सम्बन्ध रहेको प्रहरी अधिकारी बताउँछन् । निर्मल मृतक गीताको घरमा आउने जाने गर्थे ।

कमेन्ट गर्नुहोस्