डडेल्धुरामा जिप दुर्घटना

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना भएको छ । जिल्लाको अजयमेरू गाउँपालिका-२ मा शनिबार साँझ जिप दुर्घटना भएको हो ।

डडेल्धुरा सदरमुकामबाट अजयमेरू गाउँपालिकाको भुलकुँडा जाँदै गरेको से १ ज ७०५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा कुनै पनि मानविय क्षति नभएको स्थानीय महेन्द्र चन्दले बताए । उनले गाडीमा खाद्यान्न रहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्