विनोद चौधरीले १० दिनमै जिते कोरोना

काठमाडौं : उद्योगाी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोना संक्रमणमुक्त भएका छन् । १० दिनको एककान्तवासपछि उनी कोरोनामुक्त भएका हुन् ।

आफू कोरोनामुक्त भएको भन्दै उद्योगी चौधरीले सबैलाई धन्यवाद दिएका छन् ।

‘तपाइहरूको उत्कट माया प्रेरणाले मलाई १० दिनको एकान्तवासमा ठूलो ऊर्जा दियो । त्यही ऊर्जाकै कारण आज म कोरोना संक्रमणबाट मुक्त भएको छु,’ उनले ट्विटरमा लेखेका छन्, ‘मैले जीवनमा तपाइहरू जस्ता आफन्त, इष्टमित्र साथीभाई र शुभच्छुक कमाएको रहेछु । यस अर्थमा म आफूलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु ।’

याे पनि पढ्नुस  ३ जिल्लामा र्‍यापिड टेष्ट गर्ने सरकारको निर्णय

उनले १२ भदौमा आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका थिए । नले त्यसबेला आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन भनेका भनेका थिए ।

पछिल्लो समय उपत्यकालगायत देशभर कोरोना संक्रमणको संख्या तीव्र गतिले बढिरहेको छ । त्यही क्रममा सर्वसाधारणदेखि उच्च ओहदाका व्यक्ति पनि संक्रमण हुने क्रम बढिरहेको छ ।

याे पनि पढ्नुस  युएईमा कोरोना संक्रमित नेपालीको संख्या ८ पुग्यो दुई जनाको उपचार सफल

कमेन्ट गर्नुहोस्