प्रतिष्ठित ‘टोरिनो ल्याब’मा नेपाली फिल्म ‘होरी’ छनोट

काठमाडौं : नेपाली चलचित्र ‘होरी’ प्रतिष्ठित मानिने इटालीको ‘टोरिनो फिल्म ल्याब (टिएफएल) मा छनोट भएको छ । अरुणदेव जोशीको लेखन तथा निर्देशनमा बन्ने फिल्म टोरिनो ल्याबको ‘टिएफएल नेक्स्ट- फिल्म डेभलोपमेन्ट’ कार्यक्रमअन्तर्गत समावेश हुन सफल भएको हो ।

टोरिनोको यस कार्यक्रममा विश्वभरिबाट १२ फिल्म छनोट हुँदा दक्षिण एसियाबाट दुई फिल्म मात्र छनोट भएका छन् । नेपालको ‘होरी’ सँगै भारतबाट सुमन सेनको ‘सोलो’ छानिएको छ । तर, भारतीय फिल्मको निर्माता भने फ्रान्सेली छन् । नेपालको ‘होरी’का निर्माता सरोज शर्मा सापकोटा हुन् ।

अन्य एसियाली देशबाट चीन, ताइवान र थाइल्यान्डको एक/एक फिल्म छनोट भएको छ । यसअघि नेपालबाट टिएफएलको ‘स्क्रिप्ट ल्याब’मा मीन भामको ‘चिसो वर्ष’ सहभागी भएको थियो ।

कमेन्ट गर्नुहोस्