संसारको दोश्रो उच्च संक्रमित देश बन्यो भारत, शनिबार ९०,६०० जनामा संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरसले डरलाग्दो अवस्था निम्त्याएको छ ।

पछिल्लो साताहरुमा दैनिक औसत ८५ हजारका दरले नयाँ संक्रमण थपिएकोमा शनिबार भने भारतमा आजसम्मकै उच्च ९० हजार ६०० जनामा संक्रमण देखिएको छ ।

योसँगै भारत सक्रमणको संख्या उच्च हुने विश्वकै दोश्रो देश बन्न पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा छ भने अहिलेसम्म दोश्रोमा ब्राजिल रहेको थियो ।

शनिवारको तथ्यांकसँगै भारतमा कूल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ ।

संक्रमणको यही गति रहने हो भने भारतमा कोरोनाले विकराल रुप लिएर जनसंख्याको ठूलो हिस्सामा प्रभाव पार्ने देखिन्छ ।

याे पनि पढ्नुस  संक्रमितको संख्यामा भारतमा फेरि नयाँ रेकर्ड

भारतको महाराष्ट्र राज्यमा सबैभन्दा धेरै संक्रमति देखिएकाछन् । शनिवार मात्रै यो राज्यमा २० हजार ८ सय जना थप संक्रमित फेला परेका हुन । यो राज्यमा कुल संक्रमितको संख्या भने ८ लाख ८३ हजार ८६२ पुगेको छ ।

महाराष्ट्रपछि धेरै संक्रमण आन्ध्र प्रदेशमा देखिएको छ । शनिवार देखिएका १९ हजार ८ सय २५ जनासँगै कूल संक्रमित ४ लाख ८७ हजार ३३१ रहेका छन् ।

कोरोनाले विकराल रुप लिएपछि भारतमा ठूलो चिन्ता थपिएको छ ।

याे पनि पढ्नुस  कोरोनाः लोकनायक अस्पतालमा महिला डाक्टरमाथि दुर्व्यहार र हातपात

भारत सरकारले भने कोरोनाबाट ध्यान हटाउन लद्दाखको गलवान लगायतका क्षेत्रमा चीनसँग सीमा विवाद चर्काएको छ ।

भारतका राज्यहरुले समेत कोरोना नियन्त्रणको प्रभावकारी कदम चाल्न सकेका छैन । समुदायस्तरमा कोरोना फैलिनु र त्यसको नियन्त्रण, रोकथाम तथा उपचारका लागि पर्याप्त संयन्त्र र पहल नहुँदा कोरोना भयावह हुन पुगेको हो ।

भारतमा यही गतिमा संक्रमण चुलिने हो भने केही दिनभित्रै भारत संसारकै सबैभन्दा उच्च संक्रमित भएको देशका रुपमा चिनिने सम्भावना बलियो छ । यसका साथै यही तीब्रता रहिरह्यो भने आगामी डिसेम्बरसम्म भारतमा डेढ करोड भन्दा बढी जनसंख्या कोरोना संक्रमित हुन सक्छन् ।

याे पनि पढ्नुस  भारतमा आइतबार मात्रै १८ को मृत्यु, संक्रमितको संख्या ३५ सय नाघ्यो

भारतमा प्रतिदिन एक हजारको हाराहारीमा संक्रमितहरुको मृत्यु भइरहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ७० हजार ६ सय ७९ पुगेको छ ।

भारतमा कोरोना बढ्दै गएपछि यसको असर नेपालमा समेत पर्ने निश्चित देखिन्छ । सीमा नाकाबाट आवतजावत बन्द गरिएको भएपनि पहिला कस्तो कडाई नहुँदा र खुला सीमाका कारण भारतबाट नेपाल आउने क्रम रोकिएको छैन ।

 

कमेन्ट गर्नुहोस्