राष्ट्रपतिले इच्छामृत्यु अस्वीकार गरेपछि फेसबुकमै मृत्युको लाइभ स्ट्रिमिङ

पेरिस । पेरिसका एकजना नागरिकले फेसबुक आफ्नो मृत्युको फेसबुक लाइभ शुरु गरेका छन् ।

डिजोन शहर निवासी ५७ वर्षी अलाइन कोकले उपचार हुन नसक्ने बिमारीका कारण राष्ट्रपति इम्यानुअल म्याक्रोसँग इच्छामृत्युका लागि अपील गरेका थिए ।

तर राष्ट्रपतिले भने कोकको माग खारेज गरे ।

त्यसपछि कोकले खानपीन छोडेर आफ्नो मृत्यु हुन गइरहेको भन्दै फेसबुक लाइभ स्ट्रिमिङ शुरु गरे ।

“म एक हप्ताभन्दा बढी बाँच्दिन होला । समय बित्दै जाँदा मलाई छटपटी भइरहेको छ ।”

कोकले राष्ट्रपतिलाई लेखेको पत्रमा आफू गम्भीर बिरामी भएको र त्यसको उपचार पनि लेखेका थिए । “मलाई असह्य दुखाई भइरहेको छ, मलाई केही त्यस्तो कुरा दिइयोस ताकि म शान्त भएर मर्न सकुँ ।” पत्रमा उल्लेख थियो ।”

राष्ट्रपतिले भने फ्रान्सको कानुनले यसको अनुमति नदिएको भन्दै कानुनमाथि माथि रहेर निर्णय गर्न नसक्ने जवाफ दिएका थिए ।

राष्ट्रपतिबाट सकारात्मक जवाफ नपाएपछि कोकले शुक्रबारका दिन लाइभ गर्ने घोषणागर्दै शनिवारदेखि लाइभ नै गरेका छन् । “म आफ्नो मृत्युको प्रत्यक्ष प्रसारण गरेर मानिसहरुमा जागरुकता ल्याउन चाहन्छु । बिरामीसँग संघर्ष गरिरहेका मानिसहरुको पीडा बाहिर ल्याउन चाहन्छु ताकि उनीहरुलाई इच्छामृत्युको अनुमति पाइयोस् ।”

कमेन्ट गर्नुहोस्