चितवनमा थप ३० जनामा संक्रमण

चितवनमा संक्रमितको संख्या उल्लेख्य संख्यामा बढिरहेको छ । लकडाउनमा केही खुकुलो गरेको चितवनमा गए रातीको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो । यी मध्ये ३० जना चितवनका हुन । भरतपुर अस्पतालमा परीक्षण गर्दा चितवनका ३० सहित थप ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

याे पनि पढ्नुस  चितवनमा थप ८७ जनामा देखियाे काेराेना, भरतपुरका मात्रै ७३ जना

१ सय ३४ वटा स्वाब परीक्षण गर्दा ३४ जनाको नतिजा पोजिटिभ देखिएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन ।

उनका अनुसार संक्रमण पुष्टि हुनेमा चितवन भरतपुर महानगरपालिकाका १८ पुरुष र ११ महिला गरी २९, राप्ती नगरपालिका- २ का एक पुरुष छन् । अन्य संक्रमित नवलपरासीका ३ र कास्कीका १ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्