कहिलेसम्म आउँछ कोरोना खोप, कति पर्ला मूल्य ?

तर कोरोना खोप बनाउने खबरबीच वैज्ञानिक र आम मानिसले केही महिनामा खोप आउने आसा भने गरेका छन् । तर मानिसहरुलाई चिन्ता भने यसको मूल्यको देखिन्छ ।

मानसी दाश, बिबिसी ।

गत डिसेम्बरमा चीनको बुहानबाट पहिलो घटना देखिएको कोरोना भाइरसबाट अहिलेसम्म संसारभरि दुई करोड ६६ लाख भन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेका संख्या ८ लाख ७५ बढी छ । तर अहिलेसम्म यसविरुद्ध कुनै प्रभावकारी खोप भने बन्न सकेको छैन ।

यसैवर्ष अगस्त ११ का दिन रुसले स्पुतनिक v नाम सहित कोरोनाको पहिलो खोप सार्वजनिक गर्यो । रुसले गरेको दावी अनुसार, यो चिकित्सा विज्ञानको रुसको ठूलो सफलता हो । तर आलोचकहरुले भने यो खोपले क्लिनिकल ट्रायलको तेश्रो चरण पार नगरेकोले यो सफल हुनेमा विश्वास गर्न नसकिने दावी गरेका छन ।

तर संसारका कैयन देशमा कोरोना खोप बनाउने कोशिस भने भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार, ३४ कम्पनीहरु खोप बनाइरहेका छन र यसमध्ये सातवटा तेश्रो क्लिनिकल ट्रायलको चरणमा छन् । तीनवटा कम्पनी खोपको दोश्रो क्लिनिकल ट्रायलमा पुगेका छन् ।

यसबाहेक पनि १४२ कम्पनीहरु खोप बनाइरहेका छन् र अहिले सम्म प्रि क्लिनिकल स्तरमा पुग्न सकेका छन् ।

विश्व स्वास्थ्य संगठनका मुख्य बैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार, अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको खोप अहिलेसम्मको सबैभन्दा उन्नत खोप हो । यसलाई एस्ट्राजेनेकाले कम्पनीले ठूलो मात्रामा बनाइरहेको छ ।

जानकारहरुका अनुसार, कोरोना भाइरसको खोप वर्ष २०२१ को मध्यसम्म उपलब्ध हुन सक्नेछ । तर कोरोना भाइरस परिवारका चार अन्य भाइरस भने यसअघि नै मानिसमा देखा परेका भएपनि तिनका लागि समेत अहिलेसम्म कुनै खोप बन्न सकेको छैन । सार्स, मर्सलगायतका संक्रमणमा पनि कोरोना भाइरस नै जिम्मेवार हुने गर्दछ । अहिलेको कोरोना भाइरस भने कोभिड१९ नामको हो ।

तर कोरोना खोप बनाउने खबरबीच वैज्ञानिक र आम मानिसले केही महिनामा खोप आउने आसा भने गरेका छन् । तर मानिसहरुलाई चिन्ता भने यसको मूल्यको देखिन्छ । वैज्ञानिकहरु भने कोरोना भाइरसको खोप कतिपटक लगाए भाइरसबाट सुरक्षित राख्न सकिएला भन्ने चिन्तामा छन् ।

अहिलेसम्मका खोपहरु र तिनको मूल्य कति होला ?

१. एस्ट्राजेनेकाको खोप

अक्सफोर्ड विश्वविद्यालयको खोप बनाइरहेको कम्पनी एक्सट्राजेनेकाले कम मूल्यमा खोप तयार पार्ने बताएको छ । आम मानिसले किन्न सक्ने किसिमले मूल्य निर्धारण हुने कम्पनीको दावी छ । गत महिला मेक्सिकोमा रहेको कम्पनीका प्रमुखले ल्याटिन अमेरिकामा खोपको मूल्य ४ डलर प्रति डोज भन्दा कम हुने बताएका थिए ।

भारतमा भने यो खोपलाई सीरम इन्स्ट्च्यिूटले बनाइरहेको छ । भारत र विकासशील देशका लागि यो खोपको मूल्य तीन डलर अर्थात करिब साढे तीनसय देखि ४ सय नेपाली रुपैयाँ बीच पर्ने कम्पनीले बताएको छ ।

अगस्तमा कोरोना खोपका लागि अष्ट्रेलियाले पनि यो एक्स्ट्राजेनेकासँग सम्झौता गरेको छ । अष्ट्रेलियाले भने नागरिकलाई निशुल्क खोप दिने बताएको छ ।

२. सनोफी पाश्चरको खोप

फ्रान्समा सनोफीका प्रमुख ओलिभियर बोगिलोटले उक्त कम्पनीको खोपको मूल्य प्रति डोज १० यूरो अर्थात् करिब १५ सय नेपाली रुपैयाँ भन्दा कम हुने बताएका छन् । रोयटर्सका अनुसार, कम्पनीको मूल्य अझै निर्धारित भएको छैन । तर १० यूरो भन्दा कम नै हुने छ । एक्स्ट्राजेनेका यो कम्पनीको प्रतिष्पर्धी कम्पनी मानिन्छ ।

३. चिनियाँ कम्पनी साइनोफार्मको खोप

चीनको कम्पनी साइनोफार्मका अध्यक्ष लिउ जिन्गजेनले गत महिना कम्पनीको खोपको तेश्रो क्लिनिकल ट्रायल पुरा भइसकेका बताएका थिए । उनका अनुसार, बजारमा आउने बित्तिकै यो खोपको मूल्य एक हजार चिनियाँ युआन अर्थात १६ हजार नेपाली रुपैयाँ भना कम हुने छ । यद्यपी स्वास्थ्यकर्मी र विद्यार्थीलाई भने यो खोप निशुल्क दिइने सम्भावना रहेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारहीहरुका अनुसार, यदि यो खोपलाई राष्ट्रिय खोप अभियानमा समावेश गरेमा यो खोप सरकारी खर्चमा नै निशुल्क पाउन सकिने छ ।

कम्पनीका अध्यक्ष लिउले आफूले पनि दुई डोज लिएको र कुनै साइड इफेक्ट नभएको बताएका छन् ।

४‍ मोडर्नाको खोप

अगस्तमा मोडार्ना कम्पनीले कोरोना महामारीलाई ध्यानमा राख्दै उपभोक्ताहरुलाई ३३ देखि ३७ डलर भन्दा कम मूल्यमा खोप उपलब्ध गराउने बताएको थियो ।
क्याम्ब्रिज मा अवस्थित कम्पनीका मुख्य कार्यकारी अधिकारी स्टीफन बान्सेलका अनुसार महामारीका बेला मूल्य जति क मगर्न सकिन्छ त्यो कोशीस गरिने छ । सबैलाई खोप पाउनुपर्छ भन्ने कम्पनीको मान्यता पनि भएकोले मूल्यका कारण खोप नपाउने अवस्था नआवोस भनेर कम्पनी सचेत हुने उनले बताए ।

५ फाइजरको खोप

यसै वर्ष जुलाईमा अमेरिकी सरकारले कोरोना खोपका लागि फाइजर र बायोएनटेक कम्पनीसँग १.९७ अरब डलरको सम्झौता गर्यो ।
फायर्सफार्मामा प्रकाशित एक समाचार अनुसार, एसबीवि लिरिंकका विश्लेषक ज्योफ्री पोर्जेसका अनुसार, फाइजर र बायोएनटेकले आफ्नो एमआरएन आधारित कोरोना खोप अमेरिकी सरकारलाई १९.५० डलर अर्थात करिब २५ सय नेपाली रुपैयामा बेच्नेछन् । यसबाट उनीहरुलाई ६० देखि ८० प्रतिशतसम्म नाफा हुने छ ।
यो खोपका दुई शुरुआती डोज र एउटा बुष्टर डोज आवश्यक पर्ने उनले बताए । यसका लागि एकजनालाई ४० डलर अर्थात् ५ हजारसम्म दिनुपर्ने हुनसक्छ । तर राष्ट्रिय खोप अभियान अन्तर्गत यसको मूल्य करिब २० डलरसम्म हुनसक्छ ।

कमेन्ट गर्नुहोस्