चितवन र गोरखामा कोरोना संक्रमितको मृत्यु

काठमाडौंः चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते अस्पताल भर्ना भएका ती वृद्धमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा राखी उपचार भइरहेको थियो । आज बिहान उनको ८ बजे मृत्यु भएको हो ।

याे पनि पढ्नुस  सिन्धुपाल्चोकमा रुघाखोकीका बिरामीः कोरोनाको लक्षणसँग मिल्ने!

यस्तै, उपचारका क्रममा गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल गोरखा दिएको जानकारीअनुसार शनिबार दिउँसो ४ः३० बजे निधन भएकी ७५ वर्षीय वृद्धाको पिसिआर रिर्पोट पोजेटिभ आएको हो ।

गोरखा नगरपालिका ७ धारापानी निवासी वृद्धा एक्कासी बेहोस भएपछि उनलाई शनिवार दिउँसो गोरखा अस्पतालको आपत्तकालिन कक्षमा भर्ना गरिएको थियो । उनका परिवारका तीन जना सदस्यहरु शुक्रबार कोरोना पोजेटिभ भएको रिर्पोट सार्वजानिक भएपछि थियो ।

याे पनि पढ्नुस  भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु

कमेन्ट गर्नुहोस्