बलिउड अभिनेता अर्जुन कपूर कोरोना संक्रमित

काठमाडौंः अभिनेता अर्जुन कपूरले कोरोना संक्रमित भएका छन् । इन्स्टाग्राममा एक पोस्टमार्फत उनले आफू संक्रमित भएको बताएका हुन ।

तर आफूमा कुनै पनि लक्षण भने नदेखिएको उनले लेखेको छन् ।

‘ म तपाईहरुलाई मेरो कोरोना रिपोर्टका बारेमा बताउनु मेरो कर्तव्य हो । मेरो कोरोना भाइरसको टेस्ट सकारात्मक आएको छ। म मा कुनै लक्षण देखिएको छैन र म स्वस्थ्य अनुभूति गरिरहेको छ । अहिले डाक्टर र प्रशासनको सल्लाहमा मैले आफूलाई घरबाट अलग राखेको छु र म केही दिन क्वारेन्टाइनमा नै । म तपाईको सहयोगका लागि अग्रिम धन्यवाद दिन्छु र आगामी दिनहरुमा तपाईलाई मेरो स्वास्थ्यको बारेमा जानकारी दिनेछु । हामी असाधारण र अभूतपूर्व समयमा बाँचिरहेका छौं र मलाई आशा छ कि मानवता यो भाइरससँग जित्नेछ। “

कमेन्ट गर्नुहोस्