आइपीएलको तालिका सार्वजनिक, पहिलो खेल मुम्बई र चेन्नईबीच

काठमाडौं : लामो प्रतिक्षापछि इण्डियन प्रिमियर लिग (आईपीएल)को यस वर्षको खेल तालिका सार्वजनिक भएको छ ।
कोरोना महामारीका कारण यस वर्षको खेल भने यूइएका खेल मैदानहरुमा हुन गइरहेको छ ।

आईपीएलको पहिलो खेल युएईमा आगामी सेप्टेम्बर १९ देखि शुरु हुने छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज तालिका सार्वजनिक गर्दै मैदानमा भने दर्शकलाई प्रवेश निषेध गरेको जनाएको छ ।

याे पनि पढ्नुस  सुरेश रैनाले आईपीएल नखेल्ने, यूएईबाट फर्किए

तालिका अनुसार, दुबईमा २४ खेल, आबुधाबीमा २० र शारजाहमा १२ वटा खेल खेलिने छन् ।

आईपीएलको इतिहासमा पहिलोपटक अन्तिम फाइनल खेल भने आइतवारको साटो मंगलबारका दिन हुने छ । प्रतियोगितामा डबल हेडर अर्थात एकै दिन दुई दुई खेल हुनेछन् ।

याे पनि पढ्नुस  आईपीएल खेल्न सन्दीप यूएई प्रस्थान

साँझको खेल पुरानो तालिका भन्दा आधा घण्टा अगाडि अर्थात् पौने ८ बजेदेखि हुने छ । दिउँसोको खेल भने पौने चार बजे शुरु हुने छ । प्लेअफ र फाइनलको स्थान भने पछि घोषणा गरिने बिसिसिआईले जनाएको छ ।

कोरोनाका कारण हरेक टीमलाई २४ जना खेलाडी मात्र लैजान अनुमति दिइएको छ । यसअघि फ्रेन्चाइज लाई २५ खेलाडी राख्ने अनुमति थियो । यदि कुनै खेलाडी कोरोना संक्रमित भएको खण्डमा टीममा त्यसको स्थान अर्को खेलाडीले लिन सक्ने छन् ।

याे पनि पढ्नुस  सुरेश रैनाले आईपीएल नखेल्ने, यूएईबाट फर्किए

यसअघि आईपिएल भारतका ८ वटा मैदानमा हुने गर्दथ्यो तर यसपाली भने तीनवटा स्टेडियममा ६० खेल खेलिनेछन् ।खेल तालिका हेर्न यहाँ क्लिक गर्नुस्

कमेन्ट गर्नुहोस्