शान्तिपूर्वक तानियो रातो मत्स्येन्द्रनाथको रथ

काठमाडौं : वर्षा र सहकालका देवता रूपमा परिचित रातो मत्स्येन्द्रनाथकोे रथ आइतबार बाजागाजासहित ललितपुरको पुल्चोकबाट केही मिटर परसम्म तानिएको छ ।

दिउँसो ३ बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःवहालबाट पुल्चोकसम्म पुर्याउनुको साथै गुर्जुपल्टनले सलामीसमेत दिइएको थियो ।

याे पनि पढ्नुस  निषेधाज्ञा उल्लंघन गर्दै रातो मत्स्येन्द्रनाथको रथ यात्रा, स्थानीयसँग प्रहरीको झडप

कोरोना (कोभिड १९) को महामारी तथा सरकारले जारी गरेको निषेधाज्ञाको कारण मत्स्येन्द्रनाथको रथ तान्ने रोकिएको थियो । रथ तान्नुपर्ने दवावसहित विभिन्न संस्कृति अभियन्ता तथा पुल्चोकका स्थानीयले दवाव दिँदै आइएका थिए ।

सङघीय सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनलगायत व्यक्ति पनि रथ यात्रामा उपस्थित थिए ।

याे पनि पढ्नुस  पाटनमा रातो मत्स्येन्द्रनाथको रथ बनाउन शुरु

मेयर महर्जनले रथ यात्रामा व्यवस्थित भएको र कुनै पनि अप्रिय घटना नभएकोमा खुसी ब्यक्त गर्दै भने, ‘संस्कृतिको साथै मानव जीवनलाई पनि बचाउन उत्तिकै आवश्यक छ ।’

विभिन्न १९ जातीय खलः पुचःका ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्