मेयरको टाउको काट्ने अभिव्यक्ति दिने शाक्य पक्राउ

काठमाडौं : ललितपुरको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्ने थप १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर घर भएका संजय शाक्य रहेका छन् । उनलाई अपराध महाशाखाले आइतबार साँझ नख्खुबाट नियन्त्रणमा लिएको हो ।

गत बिहीबार रथ तान्ने क्रममा भएको तनावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

याे पनि पढ्नुस  भारतबाट ‘सार्पसुटर’ आउँदै भनेर अफवाह फैलाउने पक्राउ

शाक्यले विभिन्न युटुवहरुमा दिएको अन्तर्वार्तामा मेयर महर्जनको टाउको काट्ने अभिव्यक्ति दिएको र त्यसपछि नख्खुमा लुकेर बसेको प्रहरीको भनाइ छ । शाक्यसहित पुल्चोकको घटनाम पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्