हङकङमा ९० प्रदर्शनकारी पक्राउ

हङकङ : अवैधानिकरूपमा सभा गरिहेको आरोपमा हङकङमा ९० जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार, प्रदर्शनकारीहरुलाई सुरक्षाकर्मीले याउ माई तेइ र मोङ कोकबाट गिरफ्तार गरेको थियो ।
आइतिबार दिउँसो याउ माइ तेईमा ठूलो संख्यामा भीड जम्मा भएको थियो ।

नाराबाजी गर्दै प्रदर्शनकारी जम्मा भएपछि प्रहरीले नियम उल्ल्रघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो । अहिले हङकङमा समूहमा भेला हुन निषेध गरिएको छ ।

याे पनि पढ्नुस  हङकङमा फेरि बढ्यो कोरोना

आइतबारका दिन नै त्यहाँ स्थानीय चुनाव हुने तय भएपनि कोरोना महामारीका कारण सरकारले कम्तीमा एक वर्षका लागि निर्वाचन पर सारेको छ ।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले खुर्सानीको धुलोको ग्याँस छरेको सिएनएनले जनाएको छ ।

कमेन्ट गर्नुहोस्