केएमसी अस्पतालले २५ सयमै पीसीआर परीक्षण गर्ने

काठमाडौं : काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले सबैभन्दा सस्तो दरमा पीसीआर परीक्षण गर्ने भएको छ ।

सरकारले अहिले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेको छ । तर, केएमसीले एकै पटकमा २० वटा स्वाब परीक्षण गराउँने संघ सस्थालाई २ हजार ४९९ र सर्वसाधरणका लागि २ हजार ५९९ मै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।

याे पनि पढ्नुस  काठमाडौंमा १ जना कोरोना संक्रमितको मृत्यु

सरकारले तोकेको भन्दा १ हजार ९ सय १ रुपैयाँ कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्ने भएको हो । यो शुल्क सोमबारबाट लागु हुँने केएमसीका अध्यक्ष डा।सुनिल शर्माले जानकारी दिए ।

केएमसीले गत साउन १ गतेबाट पीसीआर परीक्षण थालेको हो । त्यसयता हालसम्म करिब १ हजार २ सय जनाको पीसीआर परीक्षण गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्