अष्ट्रेलियासँगको टी-२० सिरिज इंग्ल्याण्डले जित्यो

काठमाडौं  : अष्ट्रेलिया विरुद्धको टी-२० सिरिजको खेल इंग्ल्याण्डले १ खेल अगावै जितेको छ ।

सिरिजको दोस्रो खेलमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्याण्डले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

इंग्ल्याण्डको जितमा जोस बटलरले ७२, डेविड मलानले ४२, मोइन अलिले अविजित १३ रनको योगदान दिए । बाँकी ३ ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  नेपालले सहभागिता जनाउने टी–२० सिरिजको खेलतालिका सार्वजनिक

ब्लिङमा अष्ट्रेलियाका एस्टन अगरले २, एडम जम्पा र मिचेल स्टार्कले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि कप्तान आरोन फिन्चले ४०, मार्कस स्टोइनिसले ३५, ग्लेन म्याक्सवेलले २६, एस्टन अगरले २३, प्याट कमिन्सले १० र स्टिभ स्मिथले १० रन बनाए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतको खराब सुरुवात, सञ्जु आज पनि सस्तैमा आउट

बलिङमा इंग्ल्याण्ड टिमका क्रिस जोर्डनले २, आदिल रसिद, मार्क उड र जोफ्रा आर्चरले १/१ विकेट लिए ।

इंग्ल्याण्ड-अष्ट्रेलियाबीचको अन्तिम टी-२० मंगलबार हुनेछ । टी-२० पछि दुबै टिम एकदिवसीय सिरिज पनि खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्