चाउचाउ उद्योगका ४२ जनामा कोरोना देखियो, पुरै नगरपालिका सिलबन्दी

बदिर्या, बर्दियामा रहेको चाउचाउ उद्योगमा कोरोना संक्रमण देखिएपछि नगरपालिका नै सिल गरिएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका वडा नं। ३ मा रहेको चौधरी ग्रुपद्वारा सञ्चालित चाउचाउ उद्योगमा कार्यरत ४२ जना मजदुर तथा कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बाँसगढी नगरपालिकाको पुरै क्षेत्र सिल गरिएको हो ।

याे पनि पढ्नुस  ६ वर्षीया बालिकाले जितिन् कोरोना, शल्यक्रिया पनि सफल

पुष्टि भएका ४२ जनामध्ये ३४ जना बाँसगढी नगरपालिकाका, चार जना बढैयाताल गाउँपालिका र चार जना बर्दिया जिल्लाबाहिर ठेगाना रहेकाहरू छन् ।

चाउचाउ उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ २८ गतेसम्मका लागि बाँसगढी नगरपालिका क्षेत्र पूर्ण रुपमा सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका सूचना अधिकारी नारायण ढकालका अनुसार भदौ २२ गते बिहान ६ बजेदेखि भदौ २८ गते राति १२ः०० बजेसम्मका लागि पूर्णरुपमा नगरपालिकाको चारैकिल्ला तोकेर सिल गरिएको छ ।

याे पनि पढ्नुस  कोरोनाः चुनौतीसँगै आएको अवसर

नगरपालिकाको पूरै क्षेत्र सिल गरिए पनि पूर्वपश्चिम राजमार्ग भएर अन्य जिल्ला आउजाउ गर्ने सवारी साधन भने चल्ने सूचना अधिकारी ढकालले बताए ।

कमेन्ट गर्नुहोस्