भारतमा कोरोनाले तोड्यो फेरि रेकर्ड, एकैदिन ९२ हजार संक्रमित, आजदेखि मेट्रो रेल सुचारु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पाँच महिनापछि मेट्रो रेल सेवा शुरु हुन गइरहेका छ ।

दिल्लीसँगै चेन्नई, बैंगलोर, कोच्ची, हैदराबाद, जयपुर, नोयडा, लखनऊ र अहमदाबादमा पनि रेल सेवा सुरु भएको छ ।

कलकत्तामा भने आगामी ८ सेप्टेम्बरबाट मेट्रो चल्ने भएको छ ।

कोरोना संक्रमण बढदै गएपछि गत २५ मार्चदेखि देशभरीका रेल सेवा बन्द गरिएका थिए ।

अनलक ४ अन्तर्गत केन्द्र सरकारले ७ सेप्टेम्बरदेखि फेजवाईज मेट्रो शुरु गर्ने घोषणा गरेको थियो । यसपछि २ सेप्टेम्बरका दिन मेट्रो निर्देशिका जारी गरेको थियो । यस अन्तर्गत

याे पनि पढ्नुस  भारतमा रेल टिकटको लागि मारामारी, हवाई यात्रा पनि शुरू गरिँदै

यात्रुहरुले मास्क लगाउनैपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने लगायतका नियम छन् । स्मार्ट कार्डबाट मात्रै यात्रा गर्न सकिने रेलवेले बताएको छ ।

यसका साथै रेलभित्रका सफाई र सेनिटाइजेसन गरिनुका साथै स्टेशनमा नै मास्क किन्न पनि सकिने बताइएको छ । ज्वरो या अन्य बिरामी भएमा पनि मेट्रोमा जान पाइने छैन ।

याे पनि पढ्नुस  भारतमा भयावह हुँदै कोरोना, १ महिनामा २० लाख संक्रमित, आम मानिस त्रासमा

मेट्रो प्रशासनले यात्रुहहरुलाई थोरै सामान बोक्न र धातुका सामान सकेसम्म नलैजान अनुरोध गरेको छ ।

रेकर्ड संक्रमण

भारतमा कोरोनाले हरेक दिन रेकर्ड कायम गरेको छ । शनिवारका दिन ९० हजार ८ सय जनामा कोरोना देखिएकोमा आइतबार यो झनै बढेको छ ।

सार्वजनिक भएका तथ्यांक हेर्दा आइतबार मात्रै ९१ हजार ७ सय २३ जनामा कोरोना संक्रमण भेटिएको छ । सोही दिन १ हजार ८ जनाको निधन भएको छ ।

याे पनि पढ्नुस  कोरोना भारतः ४० हजार संक्रमितसँगै भयावह हुँदै महामारी, एकैदिन २५ सय नयाँ संक्रमित

भारत कोरोना संक्रमण हुने मुलुकमा विश्वकै दोश्रो उच्च संक्रमित देश बन्न पुगेको छ । अहिलेसम्म ४२ लाख २ हजार ५६२ जना संक्रमित भइसकेका छन् यही गति कायम रहेमा

डिसेम्बरको अन्त्यसम्म भारतमा डेढ करोड भन्दा बढीमा संक्रमण देखिने आँकलन गरिएको छ ।

 

कमेन्ट गर्नुहोस्