पाल्पा अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द, अस्पताल सिल

पाल्पा, पाल्पा अस्पतालमा आइतबार साँझदेखि सिलबन्दी गरिएको छ । उपचारका लागि भर्ना भएकी एकजना बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए ।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन् । अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ । रासस

कमेन्ट गर्नुहोस्