अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले एक खेल अगावै जित्याे सिरिज

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्धको तीन खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज एक खेल अगावै २–० ले जितेको छ ।

आइतबार राति भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।

साउथह्याम्पटनमा अष्ट्रेलियाले दिएको १ सय ५८ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड, सम्भावित प्लेइङ–११

इंग्ल्यान्डलाई जित दिलाउन जोस बट्लरले अविजित रहदै ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै डेविड मलानले ४२ रन जोड्दा मोइन अली १३ रनमा अविजित रहे । अष्ट्रेलियाका एस्टन अगरले २ तथा मिचेल स्टार्क र एडम जाम्पाले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

याे पनि पढ्नुस  स्मिथको शतकमा इंग्ल्याण्डविरुद्ध अष्ट्रेलिया १२ रनले विजयी

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० तथा मार्कस स्टोनिसले ३५ रन बनाएका थिए ।

यस्तै ग्लेन म्याक्सवेलले २६ रन जोड्दा एस्टन अगरले २३ रन बनाए । स्टिभ स्मिथले १० रन जोडे । इंग्ल्यान्डका क्रिस जोर्डनले २ विकेट लिए ।

जोफ्रा आर्चर,मार्क उड र आदिल राशिदको नाममा १–१ विकेट रह्यो । जितसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले २–० को अग्रता समेत बनाएको छ ।

याे पनि पढ्नुस  विश्वकप सेमिफाइनलः अष्ट्रेलिया भर्सेस इंग्ल्याण्ड, सम्भावित प्लेइङ–११

पहिलो खेलमा इंग्ल्यान्डले अष्ट्रेलियामाथि २ रनको जित निकालेको थियो । अब दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्