पावर हाउसमा खस्यो पहिरो, २ जना सम्पर्कविहिन

ताप्लेजुङ — ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकको नागदेवा लघु जलविद्युत् आयोजनाको पावर हाउसमा पहिरो खस्दा दुई जना वेपत्ता भएका छन् ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबे सम्पर्कविहीन भएका हुन् । इलाका प्रहरी कार्यालय तेल्लोकवाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली र स्थानीयसमेत घटनास्थलमा गएको श्रेष्ठले बताए ।

याे पनि पढ्नुस  पहिरोले पुरेर एकै परिवारका चार जनाको मृत्यु, सिङ्गो गाउँ उच्च जोखिममा

पावरहाउस पहिरोले पुर्दा विद्युत् सेवा अवरुद्ध भएको छ । दुई दिनअघि यही तावा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका थिए । उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

Photo: Symbolic only

कमेन्ट गर्नुहोस्