खुल्यो जग्गा कित्ताकाट, यस्तो छ नयाँ व्यवस्था

काठमाडौंः जग्गा कित्ताकाट खुल्ला भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कित्ताकट खुल्ला गर्ने निर्णय गरेको हो ।

‘जग्गाको खण्डिकरण सम्बन्धी विषय पेश हुँदा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका पूर्ण निर्णयहरू बदर गरिएको छ’ मन्त्रालयको निर्णयमा भनिएको छ । मन्त्रालयले भूमी व्यवस्था तथा अभिलेख विभाग र नापी विभाग लगायतमा यो निर्णय परिपत्र गरिसकेको छ ।

याे पनि पढ्नुस  जग्गा कित्ताकाट गर्ने निर्णय बदर, लागू भयो यस्तो नयाँ नियम

यो निर्णयसँगै देशभर रहेका जग्गाको खण्डीकरण गर्न पाइने छ । कित्ताकाट हुने छ । यद्यपी ऐन नियम तथा नियमावलीले निषेध गरेका जग्गा भने कित्ताकाट गर्न पाइने छैन ।

२०७४ सालमा देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन थालेको भन्दै जग्गा कित्ताकाट रोकिएको थियो ।

याे पनि पढ्नुस  जग्गा कित्ताकाट गर्ने निर्णय बदर, लागू भयो यस्तो नयाँ नियम

जग्गाको कित्ताकाट गर्न खुला गरेसँगै मालपोत कार्यालयहरू पनि खुलाउने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्