लोकतन्त्रमा निजामती सेवा

लोकेन्द्र चौलागाईंं

आज १७ औँ निजामती सेवा दिवस मनाई रहँदा निजामती कर्मचारीहरुको नेपालको लोकतान्त्रिक आन्दोलन बीजारोपण सँग जोडिएको विरासतपूर्ण इतिहासको सम्झना गर्दै वर्तामानसँग तुलना गर्नु पर्ने हुन्छ । नेपालको तत्कालिन राणशासनको सुरुवात अझ त्यो भन्दा पहिला सत्ता प्राप्तिका पारीवारिक कलह झगडा, तिगडम्बाजी र ठूलाठूला षडयन्त्रहरु भए तर, ती आम जनताको हक अधिकार प्राप्तिको लागि थिएनन् ती त केवल आफ्नो हातमा सत्ता–सक्ति लिन गरिएका परीवारिक परिपन्च, षडयन्त्र एवं एकखाले निरंकुशताका विरुद्ध अर्को निरंकुशताका अभ्यास मात्र थिए ।

वि. सं. १९७७ मा सुब्बा कृष्णलालले ‘मकैको खेती’ लेखनको सुरुवात नै मूलत नागरिक एवं पेशाकर्मीहरुको तर्फबाट निरंकुशताका विरुद्ध लोकतान्त्रिक आन्दोलनको विचारधाराको बीजारोपण गरिएको पाईन्छ ।

सम्बन्धित समाचारः

कर्मचारीमाथि कोरोना संकटः ‘आफ्नै परिवारले आशंकित आँखाले हेर्छ’

२००७ सालको प्रजातन्त्रको स्थापना पश्चात राज्यसंयन्त्रलाई संस्थागत गर्न २००८ सालमा पब्लिक सर्भिस कमिसन हुँदै २०१३ सालमा निजामती सेवा ऐन जारी भई निजामती सेवा राज्यको शासन विकास र सेवा प्रवाहमा स्थायी संयन्त्रको रुपमा विद्यमान छ । २०४६ सालको प्रजातन्त्रिक आन्दोलन २०४८ सालको कर्मचारीको पेशागत आन्दोलन, १० वर्षे महान जनययुद्ध, २०६२, ०६३ को लोकतान्त्रिक जनआन्दोलन लगायत लोकतन्त्र र अधिकार प्राप्तीका सबै संघर्षहरुमा आम कर्मचारीहरुको सहभागिता एवं प्रतिबद्धताले थप उपलब्धीमूलक बनाएको छ ।

यी लोकतान्त्रिक एवं पेशागत संघर्षबाट आम कर्मचारीका पेशागत हक अधिकार, सेवाको सुरक्षा एवं ट्रेड युनियन अधिकार जस्ता उपलब्धि हासिल भएका छन् भने निजामती संयन्त्रमार्फत आमजनताले सेवा पाइरहेका छन् ।

निजामती सेवाको वर्तमान अवस्था

राज्यको स्थायी संयन्त्रत्रको रुपमा रहेको निजामती सेवाले इतिहासका हरेक कठिनभन्दा कठिन क्षणमा पर्याप्त साधन स्रोतको अभावका बावजुद आम नागरिक समक्ष राज्यको उपस्थिति जनाएको निरन्तर सेवा प्रवाह गरेको तथ्य सर्वविदितै छ र हाल पनि निरन्तर सेवा गरिरहेकै छ । तर, पनि आमनागरिक एवं सेवाग्रहीबाट आलोचनामुक्त बन्न सकेको छैन । यसका आफु भित्रका समस्याहरु न्यून वेतन, कार्यस्थलको असुरक्षा एवं जोखिम, अवसरहरुको विभेदपूर्ण बाँडफाँड, कार्यवातावरणको अभाव, मनपरी एवं अव्यवस्थित सरुवा प्रणाली, सरकारको अस्थिर नीति, वृत्ति प्रणालीको अस्पष्टता, विभिन्न सेवा समूह, श्रेणी, तह तथा पदहरुमा रहेको असमानता, विभेद, कार्यस्थलमा रहेको राजनीतिक प्रणालीभित्र रहेको अलोकतान्त्रिक असहिष्ण सोच एवं मनपरितन्त्र, कानुन कायान्वयनको कमजोर अवस्था, हालको समायोजनले गिराएको कर्मचारीको मनोवल, अवैज्ञानिक दरबन्दी संरचना, तीनतहबीचको समन्वयको अभााव, कर्मचारी समायोजन पछिको विभाजित मानसिकता, राज्यको ट्रेड युनियनलाई हेर्ने नकारात्मक दृष्टिकोण, ट्रेड युनियनभित्रको आत्मारति, अराजकता, अर्थवादका साथै राज्यको लोकतान्त्रिक संस्थाहमाथिको हस्तक्षेप दिर्घकालिन चुनौतिको रुपमा देखिइरहेका छन् ।

निजामती कर्मचारीहरुको आरामदामी जीवन वृत्ति मात्र कर्मचारी सेवाको ध्यय होइन सार्वजनिक सेवा लिने आम श्रमजीवि जनताको सहज जीवनवृत्ति गर्ने वातावरणको आधार सार्वजनिक सेवा बन्नुपर्छ ।

अर्कोतर्फ राजनीति एवं समाजको मनोविज्ञानले राजनीति विरुद्ध कर्मचारी आमसेवाग्राही विरुद्ध कर्मचारी भन्ने मान्यता स्थापित गर्न खोजिँदै छ । यो निजामती कर्मचारीमाथिको अर्को अन्याय हो । सेवा प्रवाहमा ढिला सुस्ती, घुसखोरी ,कमिसन, भ्रष्टाचार, निर्णयमा विलम्वता, जिम्मेवारी पन्छाउने भन्ने आरोप, समाजमा देखा परेका विकृति, विसंगतिविरुद्ध आवाज नउठाउनु, आम जनताको सरोकारको विषयहरु आफ्ना पेशागत आन्देलनको माग बनाउन नसक्नु, आफुलाई सेवाग्राहीको दृष्टिकोणबाट हेर्न नसक्नु, समाजमा अन्य पेशाका मानिसभन्दा पृथक एवं उच्चकोटीको हुँ भन्ने मानसिकता निजामती सेवाका कमजोर पक्षहरु हुन् ।

निजामती सेवामा सुदृढ गर्नु पर्ने पक्षहरु

समाजमा कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक परिवर्तन ल्याउन आम कर्मचारहरुले आफ्ना पेशागत हक अधिकार, सेवा सुबिधाकासहितको आरामदायी जीजनको चाहानाको अतिरिक्त समाजका आम श्रमजीवि जनताको चुलो बाल्न सहज हुने मागहरुलाई पनि आफ्नो पेशागत माग (ध्यय) बनाउनु पर्ने, आफ्नो सेवा प्रवाहको आफैँ मूल्याङ्कन गर्नु पर्ने, सेवा प्रवाहमा देखिएका कमीकमजोरी र आरोपहरु हटाउनु पर्ने, आफूलाई सोवाग्राहीको कसिमा राख्नु पर्ने, सामाजिक पृथकताबाट अलग हुनुपर्ने, समाजमा सामाजिक विकासको पर्याय बन्नु पर्ने, जहिल्यै पनि सामाजिक विकासमा शिक्षित सचेत वर्गको भूमिकामा अग्र स्थानमा रहनु पर्दछ । सामाजिक विकास हुन नसकेमा विकासका अन्य सबै आयमहरु महंगो पर्न जान्छ ।

राज्यले निजामती सेवालाई प्रभावकारी बनाउन यसै सेवा भित्र आर्थिक, सामाजिक, मानव विकासका पाटाहरुलाई फराकिलो बनाई आमकर्मचारीको जीवनयापन पद्धति सहज भएको आश्वस्त पार्नु पर्दछ । यसका लागि तत्कालै आमनिजामती कर्मचारीले प्रत्यक्ष लाभ पाउने र साझेदारीसमेत हुने गरी कर्मचारी कल्याणकोषको गठन सञ्चालन मार्फत विविध कल्याणकारी कामहरु निजामती कर्मचारीको निःशुल्क उपचारको लागि सबै जिल्ला स्तरमा निजामती अस्पतालको सेवा विस्तार, निजामती कर्मचारीका सन्ततिको अध्ययन सहजता र सहुलियतको लागि ७ वटै प्रदेशमा निजामती चिकित्सा अध्ययन प्रतिष्ठान, निजमती बहुप्राविधिक महाविद्यालय,निजामती कपडा उद्योग, निजामती सार्वजनिक परवहन, निजामती कर्मचारी एकिकृत आवास योजना, निजामती हाइड्रोको परियोजना कार्यान्वयन, हाल प्राविधिक सेवाका विभिन्न पदहरुमा देखिएको अध्ययन तथा वृत्ति प्रणलीको समस्या समाधान गर्न विभागहरुको जनसक्ति योजना, आवश्यकता र पाठ्यक्रम डिजाइनको आधारमा in-service study system  लगायतका मौद्रिक र गैरमौद्रिक सहायता तथा वृत्ति विकास कार्यक्रमहरु सन्चालन गरी आमकर्मचारीहरुको आर्थिक, सामाजिक एवं मानवीय विकास गर्र्दै राज्यको उत्पादन र उत्पादकत्व बढाउँदै जनु पर्ने हुन्छ ।

शासनका प्रमुख दुई पात्रहरु राजनीतिक पक्ष र प्रशासन संयन्त्रमा देखिएको अन्तरविरोधको सही व्यवस्थापन, कर्मचारीलार्इ ठेगान लगाउछु भन्ने हाल देखिएको राजनीतिको सोचको अन्त्य हुनुका साथै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित आफ्ना पेशागत हक हित तथा सेवा सुरक्षमा केन्द्रित ट्रेड युनियननको उचित व्यवस्थापन गरी राजनीतिले आफ्नो शासकीय क्षमता र चरित्रमा देखिएको कमजोरी हटाउँदै आफुलाई सवलीकरण गरी राज्यका तीन वटै तहको कर्मचारी प्रशासन स्थिर हुने, तत् तहमा नै वृत्ति प्रणलीको सुनिश्चितता हुने, तीनै तहको सार्वजनिक प्रशासनमा समन्वय हुने ढंगले निजामती क्षेत्रको पुर्नसंरचना गरी कर्मचारीलाई उत्प्रेरित, सुदृढ र सक्षम बनाई प्रभावकारी ढंगले परिचालनमार्फत शासन विकास र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउनु नै यो निजामती सेवा दिवस मनाउनुको सार्थकता हो ।

लेखक चौलागाईं नेपाल राष्ट्रिय कर्मचारी संगठनका सचिव हुन् ।

कमेन्ट गर्नुहोस्