साउदीमा सयाैं नेपालीले गरे प्रदर्शन, सरकारकाे बिराेध गर्दै दूतावास खारेजीको माग (भिडियोसहित)

साउदीः साउदीको दमामस्थित एक सप्लाइ कम्पनीमा कार्यरत सयौं नेपालीहरुले नेपाल सरकार र नेपाली दूतावासविरुद्ध नाराबाजी गरेका छन् ।

सोमबार साउदीअरबबाट नेपालका लागि तय गरिएको नेपाल एअरलाइन्सको फ्लाइटमा उनीहरुको नाम परेको भए पनि टिकटका लागि कम्पनीले रकम उपलब्ध नगराएको र दूतावासलाई सम्पर्क गर्दा समेत ठोस पहल हुन नसकेपछि उनीहरु नाराबाजीमा उत्रेको साउदीबाट नारायण ढकालले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  नेपाल एअरलाइन्सका थप २ जना कर्मचारीमा कोरोना पुष्टि

लामो समयदेखि साउदीमा अलपत्र परेका उनीहरुले दूतावासलाई बारम्बार आफ्नो समस्या राख्दा समेत नेपाल फर्किने वातावरण नमिलेको र समस्या राख्दा पैसा लिएर जानुस टिकट लिनुस् भनेपछि थप आक्रोशित भएको हुनसक्ने बताइएकाे छ ।

घटनाबारे साउदी स्थित नेपाली दूतावासले आफ्नो ध्यानाकर्षण भएको बताउँदै समस्या समाधानको लागि सम्बन्धित कम्पनीसंग पहल गरिसकेको र उनीहरुलाई केहि दिनभित्रै नेपाल फर्काउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  साउदीमा ज्यान गुमाएका २४ जना नेपालीको ब्लडमनि दूतावासले परराष्ट्रमा पठायो

कम्पनीमा कार्यरत सयौं नेपालीहरुको उपस्थितिमा आइतबार दिउँसो भएको नाराबाजीमा नेपाल सरकार मुर्दावाद, नेपाली दूतावास खारेज गर जस्ता नारा घन्किएका थिए ।

साउदी अरबमा नेपाल एम बि सि मुर्दाबाद भन्न मिल्छ र?

Posted by Subba Bal Mong on Monday, September 7, 2020

कमेन्ट गर्नुहोस्