कोरोनाबारे अफवाह फैलाउने ‘प्राकृतिक चिकित्सक’ पक्राउ

काठमाडौं : अफवाह फैलाई सार्वजनिक शान्ति भङ्ग गर्न खोज्ने एक व्यक्तिलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

यूट्यब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन, सरकारले हावा पिटेको भन्दै अफवाह फैलाएको आरोपमा तेह्थुमका सुवास सुब्बा लिम्बूलाई आज ललितपुरको नक्खिपोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिए ।

याे पनि पढ्नुस  निवर्तमान सभामुख महरा पक्राउ, के हुन्छ अब उको सांसद पद?

उनले कोरोना सङ्क्रमितको मृत्यु पश्चात आफन्तलाई भेट्न नदिई शरीरका विभिन्न अङ्ग निकालेर बेचबिखन गरी भ्रष्टाचार गरिरहेको भन्ने जस्ता अभिव्यक्तिसमेत दिएको उनले बताए ।

यसअघि पनि उनले पटकपटक सर्वसाधारणलाई दिगभ्रमित गराउने, कोरोना भाइरस सङ्क्रमणबारे भ्रम फैलाउने तथा विभिन्न व्यक्तिलाई आक्षेप लगाउने अभिव्यक्ति दिँदै आएका थिए ।

याे पनि पढ्नुस  श्रीमानको हत्या आरोपमा श्रीमतीसहित २ जना पक्राउ

आफूलाई प्राकृतिक चिकित्सक भएको बताउने लिम्बू हाल ललितपुर नक्खिपोटमा बसोबास गर्दै आएका थिए । उनलाई थप अनुसन्धान गरी कारवाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्