भदौ २५ देखि व्यवसाय खोल्ने नाडाको निर्णय

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गते सम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  अहिलेसम्म कति कमायो ‘छ माया छपक्कै’ले?

नाडा अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने निषेधाज्ञाको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए। सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउने गरी सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।सरकारले व्यवस्था नगरेपनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भएपनि व्यवसाय सञ्चालन गर्ने उनले बताए।

याे पनि पढ्नुस  नेपालमा व्यवसाय गर्ने वातावरणमा थप सुधार गर्नु आवश्यक छः अर्थमन्त्री खतिवडा

‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण भन्दा पनि पूरै व्यवसाय गर्न पाउने गरी सहजीकरण गरेर अगाडि बढ्न पर्छ। यदि गरेन भनेपनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन्। यो कसैले पनि मान्नेवाला छैन। त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन सरकारले बुझ्नुपर्छ,’ अध्यक्ष दुलालले भने।

कमेन्ट गर्नुहोस्