कोरोनालाई सामान्य रूपमा लिनुहुन्न, म आफैँ मृत्युको मुखमा पुगेर फर्किएको छु : डा. कार्की

काठमाडौं : कोभिड-१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रूपमा लिन नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ ।

याे पनि पढ्नुस  काठमाडौं उपत्यकामा ३ हजार नाघे संक्रमित, भयावह स्थिति आउन चिन्ता

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए ।  उनले भने, ‘सजग हुँदा डराउनुपर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।’

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर, यो रोगले कसैलाई नछाड्ने उहाँको भनाइ छ । आफू कोभिडविरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भएपनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जेसुकै हुनसक्ने उनले सुनाए ।

याे पनि पढ्नुस  काठमाडौंमा कोरोनाको फेरि नयाँ रेकर्ड

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. काकीले बताए ।  नेपालमा स्रोत साधन नभएपनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ । उनले भने, ‘हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेको छ ।’

कोरोना अरू भाइरसजस्तै पूर्णरूपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरे । देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्