कास्की कांग्रेसद्वारा भाडा छुट

कास्की : नेपाली कांग्रेस कास्कीले पोखराको चिप्लेढुङ्गास्थित जय नेपाल मिनी मार्केटमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई वैशाख र जेठ महिनाको भाडा छुट दिने निर्णय गररेको छ ।

कास्की काँग्रेसका पदाधिकारी, क्षेत्रीय सभापति र नगरसभापतिको आज सम्पन्न संयुक्त बैठकले आर्थिक सङ्कटका बेला व्यवसायीलाई राहत पुगोस् भन्ने उद्देश्यले पार्टीको स्वामित्वका मार्केटभित्रका १४ वटा सटरको दुई महिनाको भाडा छुट दिने निर्णय गरेको हो ।

याे पनि पढ्नुस  डा. केसीसँग इमानदार वार्ता गर्न कांग्रेसको माग

बैठकले पार्टीका संस्थापक बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा बाढिपहिरोमा मृत्यु भएकाको परिवारलाई सहयोग गर्ने कार्यक्रम तय गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्