राष्ट्रपति भण्डारीको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त

काठमाडौं  : राष्ट्रपतिको सूचना सञ्चार विज्ञमा टीका ढकाललाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा ढकाललाई नियुक्त गरेकी हुन् ।

युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । ढकालले सार्क विकास कोष लगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरेका थिए ।

याे पनि पढ्नुस  राष्ट्रपति भण्डारीद्वारा राहदानीसहित ३ विधेयक प्रमाणीकरण

ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा गर्ने गरी’ नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्