चिनियाँ जनमुक्ति सेना र भारतीय सैनिकबीच फेरि झडप

काठमाडौं । भारत र चीनबीच लद्दाखस्थित सीमा क्षेत्रमा फेरि झडप भएको छ ।

दुई देशबीच वार्ताका माध्यमबाट तनाव कम गर्ने प्रयास भइरहेको बेला फेरि झडपको समाचार सार्वजनिक भएको हो ।

चीनको ग्लोबल टाइम्सले दिएको जानकारी अनुसार, सोमबार राती भारतीय सैनिकहरुले सीमा रेखा पार गर्दै चिनियाँ सैनिकमाथि गोली चलाएका थिए ।

चीनका विदेशमन्त्रीले यसअघि मस्कोमा सम्पन्न वार्तामा सीमा विवादका लागि भारत जिम्मेवार भएको र उत्तेजनापूर्ण गतिविधि बन्द गर्नुपर्ने बताएका थिए ।

याे पनि पढ्नुस  हिन्द महासागरमा चीनले थाल्यो सैन्य तयारी, ४ सब मेरिन तयारी अवस्थामा

भारतका बारेमा भने झडपका बारेमा आधिकारिक बयान आएको छैन । समाचार अनुसार, लद्दाखको पैंगोग नजिक एउटा पहाडीमा भएको थियो ।

चिनियाँ जनमुक्ति सेनाका वेष्टर्न थियएटर कमाण्डका प्रवक्ताका अनुसार, शेनपाओको पहाडी क्षेत्रमा लाइन अफ कन्ट्रोल गर्दै भारतीय सेनाले बोर्डर पेट्रोलमा रहेका चिनियाँ सेनामाथि वार्निङ शट फायर गरेका थिए । त्यसपछि चिनियाँ सेनाले अवस्था नियन्त्रण गर्न कदम चलाउनु परेको थियो ।

याे पनि पढ्नुस  चीनले भारतलाई दियो धम्की– सन् ६२ को युद्दमा हारेको नबिर्स

प्रवक्ता झाङ शुईले भारतीय पक्षले द्वीपक्षीय सम्झौताको उल्लंघन गरेको आरोप लगाएका छन् । ‘यो गम्भीर सैन्य उक्साहट हो ।” उनले भनेका छन्, ‘हामी भारतीय पक्षसँग यस्ता खतरनाक कदम रोक्न र फाइरिङ गर्ने सेनालाई कार्वाही गर्न माग गर्दछौं । साथै यस्तो घटना फेरि नदोहोर्याउने प्रतिबद्धता पनि भारतले गरोस् ।’

याे पनि पढ्नुस  चीन र भारतबीच बिग्रेड कमाण्डर स्तरकाे वार्ता निष्कर्शविहिन

यसअघि मस्कोमा भारत र चीनका बीच रक्षा मन्त्रीस्तरीय वार्ता भएको थियो भने यता सीमा क्षेत्रमा कमाण्डरस्तरीय वार्ता भएको थियो ।
यसैबीच मस्को यात्रापछि इरान भ्रमणमा रहेका भारतका रक्षा मन्त्री राजनाथ सिंहले लाइन अफ कन्ट्रोलमा गम्भीर अवस्था रहेको बताएका छन् । विवाद समाधानका लागि राजनीतिक स्तरमा गहिरो छलफल आवश्यक आवश्यक भएको उनले बताए ।

कमेन्ट गर्नुहोस्