लकडाउन अवधिभरिको घरभाडा र बैंक ब्याज मिनाहा गर्न माग

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिभरिको बैंक ब्याज तथा व्यवसायिक घरभाडा छुट गर्न माग गरेको छ ।

महासंघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेको हो । लकडाउन र निषेधाज्ञाका कारण उद्योग व्यवसाय मारमा परेको भन्दै उक्त अवधिको बैंकको ब्याज र व्यवसायिक घरभाडा पूर्ण रुपमा मिनाहा गर्ने व्यवस्था मिलाउन ५ बुँदे माग गरेको छ ।

महासंघले बैंकको मात्रै नभइ सहकारी संस्थाहरुबाट व्यवसायीहरुले लिएको ऋणको ब्याजसमेत सरकारले मिनाहा गर्नुपर्ने माग राखेको छ ।

अन्य मागहरु

  • उद्योग–व्यवसायहरुको घरभाडा (व्यवसायिक घरभाडा) बन्दाबन्दी अवधिभरको पूर्ण मिनाहाका लागि सरकारले भूमिका खेल्नु पर्ने
  • ५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई बिना धितो सहलियत ऋण दिनु पर्ने,
  • केरुङ नाकामा रोकिएका कन्टेनरहरु छुटाउन पहल गर्नुपर्ने
  • साना तथा मझौला उद्योगी व्यवसायीहरुसमेतको सहभागितामा समन्वय समिति गठन हुनु पर्ने

कमेन्ट गर्नुहोस्