सावधान, एल्कोहल बेस्ड सेनिटाइजरदेखि सनक्रिम र लाइटरसम्म, बिर्सेर पनि गाडीमा नछोड्नुस यी ५ कुरा

काठमाडौं । नीजि सवारी साधन हुनेहरुले कतिपय कुरा गाडीमा नै छोडेका हुन्छन् ।

प्रायजसो दैनिक आवश्यकताका सामानहरु फेरि पनि चाहिने नै भएकोले गाडीमै छोडेर हिंडने कुरा सामान्य हो । पछिल्लो दिनमा कोरोना संक्रमण बढेपछि भने हेण्ड सेनिटाइजर पनि गाडीमा नै राख्ने गरिन्छ ।

तर कहिलेकाहिं हाम्रो यो बानी निकै ठूलो संकट पनि बन्न सक्छ ।

त्यसैले यी ५ कुराहरु कहिल्यै पनि गाडीमा नराख्नुस् ।

१. अल्कोहल बेस्ट सेनिटाइजर

अहिले एल्कोहल भएको सेनिटाइजरको व्यापक प्रयोग छ । तर थाहा पाउनुपर्ने कुरा के हो भने यो निकै ज्वलनशील हुने गर्दछ । यदि तपाईले गाडीमा सोझै घाम पर्ने स्थानमा तपाईले सेनिटाइजरको बोटल राख्नुभयो भने यसबाट बोतलभित्र ग्यास बनेर यो विष्फोट हुनसक्छ । विदेशमा यस्ता कैयन घटना देखिएपनि यात्रा निर्देशिका नै जारी गरिएको पनि पाइन्छ । त्यसैले यदि तपाई कारमा सेनिटाइजर बोक्नु हुन्छ भने त्यसलाई घाम नपर्ने ठाउँमा राख्नुस् ।

याे पनि पढ्नुस  बजारबाट स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

२. सनस्क्रिन र कस्मेटिक
आफ्ना कारभित्र बिर्सेर पनि सनस्क्रिन क्रिम र कस्मेटिक नछोड्नुस । यसले पनि समस्या निम्त्याउन सक्छ । यदि तपाई आफ्नो गाडीलाई सिधै घाम आउने ठाउँमा पार्क गर्नुहुन्छ भने त्यस्तो बेला कारको क्याबिन तात्न थाल्छ । त्यसपछि गाडिमा राखिएको सनस्क्रिन र कस्मेटिक क्रिमहरु कम्जोजिसन हीट भएर प्रतिक्रिया गर्न सक्छ । अनि तपाई जब यो क्रिम फेरी लगाउनुहुन्छ, यसले तपाईको छालामा गम्भीर असर पार्न सक्छ ।

याे पनि पढ्नुस  सावधान, यी हुन कालोसूचिमा परेका हेण्ड स्यानेटाइजर, ९ कम्पनीका सामान खरीद नगर्न औषधी व्यवस्था विभागको अनुरोध

३. औषधी

केही मानिसहरु गाडीमा औषधी पनि राख्ने गर्दछन् । तर यस्तो गर्नु राम्रो मानिदैन । किनभने कारमा तापमान लगातार परिवर्तन भइरहन्छ । कुनै बेला तपाई एसी लगाउनुहुन्छ भने कुनै बेला लामो समय कार एउटै स्थानमा पार्क गर्नुहुन्छ । यसले गर्दा क्याबिनको तापक्रम परिवर्तन भइरहन्छ जसको असर तपाईको औषधीमा पर्न सक्छ । त्यसैपनि औषधिमा सामान्य तापमानमा राख्नुस भनेर लेखिएको नै हुन्छ ।

४. लाइटरः

धुम्रपान गर्नेहरुका लागि गाडीमा लाइटर छोडने कुरामा विशेष सावधानी अपनाउनु पर्छ । लाइटरमा प्रयोग हुने लिक्विड ग्यास निकै ज्वलनशील हुन्छ । केही घटनामा गाडीको तापमान बढेपछि लाइटरमा आफै आगो लागेको पनि देखिएको छ । यसका साथै एउटा अनुसन्धानमा तापक्रम बढेपछि ज्वलनशील तरलपदार्थ चुहिने खतरा बढने समेत बताइएको छ ।

याे पनि पढ्नुस  बजारबाट स्यानिटाइजर किन्दा ध्यान दिनै पर्ने तीन कुरा

५. वाइन

केही मानिसहरु गाडीमा रक्सीको बोतल लुकाएर राख्ने गर्दछन् । तर ध्यान दिनुस् यो पनि ज्वलनशील पदार्थ नै हो । अल्कोहल बेस्ड सेनिटाइजरमा सावधानी अपनाएजस्तै मदिराको बोतलका बारेमा पनि विशेष सतर्कता आवश्यक हुन्छ ।

कारमा तापक्रम बढेपछि बोतल विष्फोट हुने खतरा हुन्छ । अझ काँच या शीशाको बोतल छ भने यो सम्भावना झन बढेर जान्छ ।

 

कमेन्ट गर्नुहोस्