फेरि घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौंः मंगलबार पनि सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको छ ।

याे पनि पढ्नुस  आज कतिमा कारोबार सुनचाँदी हुँदैछ ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्