प्रचण्डद्वारा सहिद बासु र बैरागीको तस्विरमा माल्यार्पण

काठमाडौंः नेकपा अध्यक्ष प्रचण्डले सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी)को तस्विरमा माल्यार्पण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले दुबै सहिद वाग्ले र पोख्रेलप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण गरेका हुन् । कार्यक्रममा वाग्लेकी श्रीमती र दुबै छोराहरूको समेत उपस्थिति थियो ।

याे पनि पढ्नुस  बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

विं सं. २०५६ भदौ २३ गते पार्टीको सिसिको पूर्ण बैठकपछि गोरखा जाने क्रममा पोख्रेलको छोप्राकका नेपाल प्रहरीको स्पेशल कमाण्डो फोर्ससँग जम्काभेट भएको थियो । त्यसपछि घेरा तोड्न खोज्दा उनको गोली लागेर मृत्यु भएको थियो ।

वाग्ले उपल्लो गाँखुमा प्रहरीको कब्जामा परेका थिए । पक्राउ परेपछि उनलाई आत्मसमर्पण गर्न र आफ्नो परिचय खुलाउन भनिएको थियो तर नमानेपछि वाग्लेलाई पनि त्यही गोली हानी प्रहरीले हत्या गरेको थियो ।

याे पनि पढ्नुस  चिनियाँ राजदूत र भीम रावलबीच भेटवार्ता हुँदै

सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोख्रेल (बैरागी)बारेको स्टोरी पढ्न तलको लिंकमा जानुहोला ।

को हुन आजकै दिन स्पेशल कमाण्डो फोर्सको घेरा तोडन खोज्दा हत्या गरिएका सुरेश वाग्ले ?

कमेन्ट गर्नुहोस्