मनेसामाजिक समस्याको सम्बोधन गर्नेगरी योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण सिर्जित मनेसामाजिक समस्याको सम्बोधन गर्नेगरी तत्कालको योजना बनाएर अघि बढ्न निर्देशन दिएका छन् । उनले स्वास्थ्य मन्त्रालय र सम्बद्घ सरकारी तथा निजी क्षेत्रका निकायहरूलाई सक्रिय हुन निर्देशन दिएका हुन् ।

मंगलबार बालुवाटारमा मनोचिकित्सकहरूसँग आयोजित परामर्श र छलफलका क्रममा प्रधानमन्त्री ओलीले निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुने जोड दिए ।

याे पनि पढ्नुस  मानवसेवा आश्रमलाई एक करोड सहयोग उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री ओलीले भने, ‘कोभिड–१९ को प्रभावविरूद्द व्यापक परामर्श तथा सचेतनता अभियान संचालन गर्न, टेलिभिजन र रेडियोलगायत सञ्चार माध्यमहरूबाट तत्काल परामर्श र चेतना फैलाउनु आवश्यक छ । यसमा मनोचिकित्सकहरूले सक्रिय योगदान गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्