कांग्रेस महामन्त्री कोइरालालाई कोरोना संक्रमण

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालामा कोरोना संक्रमण देखिएको छ । कोरानो संक्रमणको पहिलो परीक्षणमा उनमा पोजिटिभ देखिएको हो ।

कोइरालाले थप निश्चित गर्न अर्को स्वाब पनि जाँचका लागि दिएको बताइन्छ । दोश्रो स्वाबको नतिजा समेत आजै आउने कोइराला निकट श्रोतले बताएको छ ।

याे पनि पढ्नुस  नेपाली भूभाग कुनै पनि हालतमा छोडिन्नः महामन्त्री कोइराला

डा. कोइरालालाई कुन श्रोतबाट कोरोना संक्रमण भएको हो भन्ने कुरा अझै सार्वजनिक भएको छैन ।

Photo credit: Mukunda kalikote 

 

कमेन्ट गर्नुहोस्