घर र गाडी कर्जा लिएकालाई राहत, अब ब्याजदर नबढ्ने

काठमाडौंः घर र गाडी खरिदका लागि बैंकबाट ऋण लिएकाहरूलाई राहत भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरूलाई घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको छ । योसँगै घर र गाडी कर्जा लिएकालाई राहत भएको हो ।

याे पनि पढ्नुस  राष्ट्र बैंक आफ्नै पेमेन्ट गेटवे ल्याउँदै

‘एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्नु पर्नेछ,’ निर्देशनमा उल्लेख छ, ‘यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आवधिक कर्जाको ब्याजदर भुक्तानी अवधीभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्नेछ ।’ तर, ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न पाउनेछन् ।

याे पनि पढ्नुस  यस्तो छ आजको विनिमयदर (सूचीसहित)

बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने/बढाउने गरेका थिए । अब घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन पाउने छैनन् ।

राष्ट्रबैंङ्कले यी शीर्षकको ब्याजदर ६/६ महिनामा प्रकाशित गर्न पनि निर्देशन दिएको छ ।

याे पनि पढ्नुस  बैंकमा सुन राख्दा ब्याज पाइने

राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको एकीकृत निर्देशन हेर्न यहाँ क्लिक गर्नुहोस्ः

 

कमेन्ट गर्नुहोस्