यूएईमा दलालबाट कुटिएका नेपालीले पाएनन् न्याय, दलाल फरार

यूएई : यूएईको दुबई राज्यमा दलालबाट कुटिएका नेपालीले न्याय पाउने आशा हराउन थालेको छ ।

वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ६३ जना नेपालीसँग जनही ९ देखि १० लाख रुपैयाँसम्म अशुल गरी यूएई ल्याइ ९ महिनासम्म अलपत्र पारिएकामध्ये रामेछापका टिकाराम बोहरा र मनोहर केसीलाई गत अगस्ट ७ मा दलाल श्याम थापाले दुबईमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

आफ्नो राहदानी लिन र नेपाल फिर्तीका लागि अनुरोध गर्न जादा दलालबाट कुटिएका पीडितहरूले युएईस्थित नेपाली दूतावासलाई अगस्ट ११ तारिख कारबाही र न्यायको माग गर्दै लिखित निवेदन पेस गरेका थिए ।

पीडितले दूतावासमा निवेदन दिएसँगै गैरआवासीय नेपाली संघ युएईमा समेत ठुलो तरंग पैदा भयो । कुटपिटमा परेका नेपाली लाई असहयोग गरेको र घटनालाई दबाउन पहल गरेको भन्दै एनआरएन यूएईले दुबई क्षेत्रीय अध्यक्ष सहितका केही पदाधिकारीहरूलाई निलम्बन समेत गर्यो ।

याे पनि पढ्नुस  यूएईमा रहेका नेपालीलाई १ हजार खाद्यान्न प्याकेट वितरण गर्दै दूतावास

घटनाले ठूलो रुप लिएपछि एनआरएन युएई र नेपाल एसोसिएसन बिचमा आर्थिक अपारदर्शीता तथा पदाधिकारी निलम्बनका बिसयमा एकतर्फी निर्णय भएको भन्दै दुबै सस्थाले अलगअलग बिज्ञप्ति निकालेर कारबाही समेत गरेका थिए ।

पीडितहरुले दलाल बाट आफुहरु ठगिएको भन्दै एनआरएनका केन्द्रिय अध्यक्ष कुमार पन्तलाई सम्बोधन गर्दै लिखित निवेदन पेश गरेको भएपनी एनआरएनले लामोसमय सम्म पीडितलाई न्याय दिलाउन ठोस पहल गर्न सकेन ।

दलाल थापाले अन्य ब्यक्तिहरूलाई समेत प्रयोग गरि आफुहरुलाइ कुटपिट गरेको र रोजगारीको नाममा नक्कली भिषा दिलाई ठगी गरेको भन्दै पीडितहरूले दुबई प्रहरीमा समेत उजुरी दिएका थिए ।

दूतावासले श्रम, परराष्ट्र र गृहलाइ लेखेको पत्रको जवाफ अझै आएन

याे पनि पढ्नुस  अर्की युवतीलाई पनि बलि दिन भारत लगिएको प्रहरी आशंका, शंकास्पद भिडियो भेटियो

यूएईस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका नाममा ठगिएका र दलाल बाट कुटपिटमा परेका पीडितलाई न्याय सहित पिडक श्याम थापा र मेनपावरलाई आवश्यक कारबाहीको लागि पठाएको पत्रको जवाफ अहिलेसम्म प्राप्त नभएको दूतावासकी श्रम काउन्सुलर निर्मला धिमालले जानकारी दिएकी छन् ।

आफूले आफ्नो सबै अधिकार प्रयोग गरेर पीडितलाई न्याय र पिडकलाई कारबाहीको लागि पहल गरेको भए पनि सम्बन्धित निकाएमा पठाइएको पत्रको अहिलेसम्म कुनै जवाफ नआएको काउन्सुलर धिमालको भनाइ छ ।

बेलायत पठाउन नसकेपछि यूएईमा नै दलाल श्याम थापाले लगाइदिएको कामदार भिषा नै नक्कली परेपछि न्यायको पर्खाइमा पर्यटन भिषा लगाएर बसेमा पीडित केसी र बोहरा आउँदो १० तारिख अर्थात बिहीबारबाट अवैधानिक बन्नै लाग्दा समेत हालसम्म न्यायपाउने आशा कहिँकतै देखिएको छैन ।

वैदेशिक रोजगार विभाग र अपराध अनुसन्धान महाशाखामा समेत उजुरी दर्ता, तर न्याय मिलेन

याे पनि पढ्नुस  सरकारी कार्यालयमा टोकन नै दलालको कब्जामा

दलालबाट ठगिएका र पिटिएका पीडितहरू मनोहर केही र टिकाराम बोहराको परिवारले उनीहरूको उद्दार न्याय र पीडितलाई कारबाहीको मागसहित वैदेशिक रोजगार  विभाग र टेकुस्थित अपराध अनुसन्धान महाशाखामा समेत लिखित उजुरी दिएको भए पनि न्यायको लागि हालसम्म कुनै ठोस काम नभएको पीडितको गुनासो छ ।

काठमाडौंको तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारीको मातहतमा ६३ जना नेपालीको तस्करी मार्फत झन्डै ६ करोड रुपैयाँ असुल गरी फरार भएका दलाल श्याम थापालाई पक्राउ गर्न अहिलेसम्म नेपाल बाट कुनै विशेष पहल नहुँदा महिनौँदेखि अलपत्र परेका पीडितहरू अवैधानिक बनेपछि नेपाल फर्किनै सकिँदैनकी भन्ने डरले यतिखेर यूएईमा चिन्तित भएर बसेका छन् ।

कमेन्ट गर्नुहोस्