बैतडीमा किशोरी बलात्कार आरोपमा शिक्षकसहित ३ जना पक्राउ

बैतडी : जिल्लाको सिगासमा किशोरीमाथि बलात्कार गर्ने तीन जना पक्राउ परेका छन् । पीडित किशोरीलाई समेत प्रहरीले आजै सदरमुकाम बैतडी पुर्‍याएको छ ।

बलात्कारजस्तो घटना ‘गाउँमै मिलाउने भन्दै पीडक पक्षले किशोरी र उनका आफन्तलाई चर्को दबाव’ दिइरहेका बेला प्रहरीले दुबै पक्षलाई सदरमुकाम ल्याएको हो ।

याे पनि पढ्नुस  बलात्कार गरी हत्या गरिएको अवस्थामा युवतीको शव भेटियो

पीडित किशोरीको उद्धारपछि प्रहरीले प्रारम्भिक अनुसन्धान अगाडि बढाएको छ। जिल्ला सदरमुकाम ल्याएलगत्तै प्रहरीले सोधपुछ थालेको छ । आरोपित शिक्षक खडक बोहरा, केशब बोहरा र रामसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिइसकेको पाटनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक गौरीप्रशाद जैशीले पुष्टि गरे ।

याे पनि पढ्नुस  ८४ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

आरोपितहरूमध्ये खडक पीडित बालिकालाई पढाउने शिक्षक हुन भने केशब गाउँपालिकाका करार सेवाका कर्मचारी हुन् । रामसिंह सर्बसाधारण भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्