काठमाडौंको शंखरापुरमा बाटो छेकेर लुटपाट, ३ युवक पक्राउ

काठमाडौं :  शंखरापुरमा राति बाटो छेकेर लुटपाट गर्ने तीन युवक पक्राउ परेका छन् ।

गएराति लप्सेफेदीको जंगलमा बसेर सिन्धुपाल्चोकका ज्ञानेन्द्रप्रसाद खतिवडालाई कुटपिट गर्दै साथमा रहेको नगद २५ हजार लुटेको अभियोगमा स्थानीय तीन युवक पक्राउ परेका हुन् ।

सिन्धुपाल्चोकबाट कुखुराको गाडीसँगै मोटरसाइकल काठमाडौं आइरहेका बेला खतिवडामाथि लुटपाट भएको थियो।

याे पनि पढ्नुस  ‘जेलमा सँगै बस्दा १ हजार सापटी दिए, तिर्न नसक्दा छुटेपछि ज्यानै लिए’

पक्राउ पर्नेमा शंखरापुर-१ चौकिभन्ज्याङका अनिल लामा, बागधाराका पेम्वा लामा र जर्सिङ्पौ वीरेन्द्र वाईवा रहेका छन्।

उनीहरुले घटनामा आफ्नो संलग्नता स्वीकार गरेपछि थप अनुसन्धानका लागि महानगरीय वृत्त बौद्ध पठाइको प्रहरी प्रभाव साँखुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्