सीपीएल सेमिफाइनल : जमैकाद्वारा पोलार्डको टिमलाई सामान्य लक्ष्य

काठमाडौं : वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनल खेलमा जमैका तल्लावाजले ट्रीनबागो नाइट राइडर्सलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  सीपीएल सेमिफाइनल : पोलार्डको टिमविरुद्ध जमैकालाई ब्याटिङको मौका

उसका लागि नकरुम्हा बोन्नरले ४१, कार्लोस ब्रार्थवेटले १३, कप्तान रोभम्यान पावेलले ३३ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा नाइट राइडर्सका अकिल होसेनले ३, खरी पिर्रेले २, सुनिल नारायण र पवाद अहमदले १/१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्