सीपीएल : सन्दीपआवद्ध जमैकालाई हराउँदै पोलार्डको टिम फाइनलमा

कठमाडौं : ट्रीनबागो नाइट राइडर्स वेष्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

आज जमैका तल्लावाजलाई ९ विकेटले हराउँदै नाइट राइडर्स फाइनलमा प्रवेश गरेको हो । जमैकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नाइट राइडर्सले १५ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।

याे पनि पढ्नुस  सीपीएलः सन्दीले एकै ओभरमा लिए महत्वपूर्ण २ विकेट

उसका लागि लिन्डल सिमन्सले ५४ र टिवन वेबस्टारले अविजित ४४ रन बनाए । बलिङमा जमैकाका मुजीबउर रहमानले १ विकेट लिए ।

सन्दीपले आज विनाविकेट २९ रन खर्चिए । उनी जारी सीपीएलमा विकेटकविहीन भएको पहिलो पटक हो ।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

याे पनि पढ्नुस  सीपीएलः सन्दीपको दोस्रो ओभरमा कोलिन रनआउट

उसका लागि नकरुम्हा बोन्नरले ४१, कार्लोस ब्रार्थवेटले १३, कप्तान रोभम्यान पावेलले ३३ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

बलिङमा नाइट राइडर्सका अकिल होसेनले ३, खरी पिर्रेले २, सुनिल नारायण र फवाद अहमदले १/१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्