भारतमा ९ देखि १२ कक्षाका स्कूल खुले, अभिभावकको अनुमतिले विद्यालय जान पाइने

नयाँ दिल्ली । कोरोना महामारीले उच्चरुप लिइरहेकै बेला भारत सरकारले स्कूल खोल्ने निर्णय गरेको छ ।

भारतको केन्द्र सरकारले एक निर्देशिका जारी गर्दै २१ सेप्टेम्बरदेखि स्कूल खोल्ने निर्णयगरेको हो ।

आशिंकरुपमा विद्यालय खोल्ने सम्बन्धमा जारी गरिएको स्टेण्डर्ड प्रोटोकलका अनुसार कक्षा नौ देखि १२ सम्मका विद्यार्थीका लागि मात्रै स्ूल खुल्ने भएको हो ।

याे पनि पढ्नुस  भारतमा कक्षा १० र १२ को बोर्ड परीक्षा गर्न दिइने, गृहमन्त्रीले दिए निर्देशन

तर स्कूल जान चाहने या नचाहने कुरा भने विद्यार्थी र अभिभावको स्वेच्छामा भर पर्ने छ ।

स्कूलमा कम्तिमा ६ फिटको दूरी कायम राख्नुपर्ने छ । यसैगरी सरकारले घोषणा गरेका अति उच्च जोखिम क्षेत्र (कन्टेनमेन्ट जोन)का स्कूल भने बन्द नै रहने छन् ।

याे पनि पढ्नुस  भारतमा कोरोनाले फेरि बनायो नयाँ रेकर्ड

योसँगै अनलाईन र दूरशिक्षा भने जारी नै रहनेछ ।

तर विद्यार्थीहरुलाई जम्मा हुने, एसेम्बली या खेलकुदसँग जोडिएका गतिविधि भने गर्न पाइने छैन ।

कमेन्ट गर्नुहोस्