मोदीले १० लाख फुटपाथ पसलेसँग संवाद गर्दै, प्रत्येकको खातामा १० हजार पठाइने

भोपाल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान नौ बजे फुटपाथमा पसल गरेर बस्ने १० लाख जनासँग आज कुराकानी गर्ने भएका छन् ।

यो संख्या मध्य प्रदेशको मात्रै हो ।

भिडियो कन्फ्रेन्सका माध्यमबाट मोदीले सबैसँग संवाद गर्ने र सोही क्रममा उनीहरुलाई सहायता स्वरुप १० हजार पठाउने छन् ।

याे पनि पढ्नुस  भाजपा सांसदको ट्विटबारे प्रचण्ड चासो; मोदीलाई भने- यस्ता कुरा रोक्न लाउनुस्

यसका साथै प्रधानमन्त्री स्वनिधि योजना अन्तर्गत फुटपाथमा पसल गरिरहेका साना व्यापारीहरुलाई बैंकबाट ऋण दिलाउने पनि उनले घोषणा गरेका छन् ।

मध्य प्रदेश यो कुरामा सबैभन्दा अगाडि रहेको छ । प्रदेशमा ८ लाखले फुटपाथ बिक्रेताका रुपमा दर्ता गरिसकेका छन् । यसमध्ये ८६ हजार जनाको दस्तावेज बैंकलाई बुझाई सकेको अमरउजालाले उल्लेख गरेको छ ।
योजनाका सबै हितग्राहीहरुले प्रधानमन्त्रीसँग संवादन गर्ने बताइएको छ । प्रधानमन्त्रीले उनीहरुले काम गरिरहेको कार्यस्थल समेत हेर्ने बताइन्छ ।

याे पनि पढ्नुस  मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति ?

उता प्रधानमन्त्री आवास योजना अन्तर्गत मुख्यमन्त्री शिवराज चौहानले ६८ हजार लाभग्राहीहरुको खातामा अन्तिम किस्ता समेत पठाइएको घोषणा गरेका छन् । यसै १२ सेप्टेम्बरका दिन कार्यक्रमको आयोजना गरी सबैलाई गृह प्रवेश गराइने चौहानले बताए । यसैगरी २१ लाख किसानको खातामा वर्ष २०१९ मा अन्नबालीमा भएको नोक्सानीको क्षतिपूर्ति स्वरुप ६ सय करोड दिइने उनले बताए ।

कमेन्ट गर्नुहोस्