बाँकेमा थप ७७ जना डिस्चार्ज

नेपालगन्जः बाँकेमा आज थप ७७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नेपाली सेनाका ५१ जनासहित जिल्लाका विभिन्न आइसोलेसनबाट उनीहरु डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ सय १५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  नेपाली सेनाद्वारा पेन्सन अवधि घटाउने प्रस्ताव

अब आइसोलेसनमा बाँकेमा ३ सय ४९ र अन्य जिल्लाका ५ जना गरी ३ सय ५४ जना छन् । बाँकेमा हालसम्म १ हजार २ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । ८ जनाको भने मृत्युु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्