सरकारको विरोध गरेपछि कंगना रनौटको ४८ करोड भारुको अफिस भवन तोडियो

काठमाडौंः बलिउड अभिनेत्री कंगना रनौटलाई महाराष्ट्र सरकारको बिरोधमा बोल्नु ठूलो सजाय बन्न पुगेको छ । महाराष्ट्रमा शक्तिशाली रहेका उद्धव ठाकरेविरुद्ध लगातार बयान दिँदै आएकी कंगनाको पाली हिलस्थित कार्यालय अवैधरुपमा निर्माण भएको भन्दै आज तोडिएको हो ।

१५ वर्षदेखि आफ्नै कार्यालयको सपना बुन्दै आएका कंगनाले ४८ करोड भारतीय रुपैयाँ खर्च गरेर गत वर्ष नै यो कार्यालय निर्माण गरेकी थिइन् । कणिकर्णिका फिल्म्सको यो कार्यालय आज बिहान कंगना मुम्बई आउनै लाग्दा तोडिएको हो । कंगना आफ्नो घर हिमाञ्चलबाट आजै मुम्बईका लागि हिंडेकी थिइन् ।

याे पनि पढ्नुस  कंगनाको ‘पंगा’ले कति कमायो पहिलो दिन?

‘म मुम्बई दर्शनका लागि एयरपोर्ट जानेवित्तिकै महाराष्ट्र सरकार र त्यसका गुण्डाहरुले अवैध तरिकाले मेरो प्रोपर्टि तोड्न शुरु गरे’, कंगनाले ट्विट गर्दै भनेकी छन्, ‘मैले महाराष्ट्रको गौरवका लागि आफ्नो रगत दिने वाचा गरेकी छु । यो त केही पनि होइन, सबैकुरा लेउ । तर मेरो साहस सधैं बढनेछ ।’

याे पनि पढ्नुस  कंगनाको ‘पंगा’ले कति कमायो पहिलो दिन?

कंगनाले वर्ष २०१९ मा आएको चलचित्र मणिकर्णिकाको नामबाट प्रोडक्सन हाउसको नाम राखेकी थिइन् । पाली हिलस्थित बंगला नम्बर ४ लाई पुरै रिकन्सट्रक्सन गरेर अफिस बनाइएको थियो । यसलाई डिजानर शबनम गुप्ताले बनाएकी थिइन् ।

कमेन्ट गर्नुहोस्