बेलायतमा फेरि बढ्न थाले कोरोना संक्रमित

लण्डन : बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९का संक्रमितहरूको संख्या बढ्न थालेको बताइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टा यतामात्र करिब २ हजार ४२० जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका बताइएको छ ।

बेलायतमा कोरोनाका संक्रमितहरू पछिल्ला केही दिनयता बढी मात्रामा देखिन थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्ला केही हप्तामा ठूलो संख्यामा नयाँ संक्रमितहरु थपिएका र आजसम्म यहाँका संक्रमितहरुको संख्या ३ लाख ५२ हजार ५२० जना पुगेको छ ।

याे पनि पढ्नुस  आज ६८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९ हजार नजिक

यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५८४ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट हानकोकले मंगलबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताएका छन् ।

लन्डनमा कोभिड १९ को अवस्था सामान्यजस्तो देखिएकोले बेलायतमा जनजीवनलाई पनि सामान्य बनाइएको थियो । गएका केही हप्तादेखि यहाँ सामान्य रुपमा मात्र संक्रमित देखिएका थिए ।

याे पनि पढ्नुस  कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

बेलायतमा कोभिड १९ को महामारी फेरि बढ्न सक्ने खतरा देखिएको उनले बताए । यहाँ सोमबार र आइतबार २ हजार ९ सयभन्दा बढी संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्