अमेरिकासँग समस्या बढेका बेला युरोपेली देशको भ्रमण गर्दै इरानी विदेशमन्त्री

तेहरान : अमेरिकासँग समस्या बढेका बेला इरानका विदेशमन्त्री मोहमत जभाद जारिफले विभिन्न युरोपेली देशहरूको भ्रमण गर्ने भएका छन् ।

उनी सो भ्रमणका लागि अर्को हप्ता जाने भएको समाचारमा जनाइएको छ । इरानको तासनिम समाचार समितिले सो समाचार दिएको छ ।

विदेशमन्त्री मोहमद जभाद जारिफ बेलायत, फ्रान्स, जर्मनी, इटाली र स्पेनको भ्रमणमा जानुहुने भएको सो समाचारमा उल्लेख गरिएको छ ।

याे पनि पढ्नुस  सुलेमानीको नाममा नयाँ ब्यालिस्टिक मिसाइल सार्वजनिक

सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताका विरुद्धमा संयुक्त राज्य अमेरिकाले इरानमाथि अहिले पछिल्लो समयमा निकै ठूलो दबाब दिएको बताइएको छ ।

यस्तो अवस्थामा विदेशमन्त्री जभादले युरोपेली देशहरुको भ्रमण गर्न लागेका बताइएको छ । अमेरिकाले उक्त सम्झौताका विरुद्धमा इरानलाई दबाब दिइरहेका बेला आफ्नो पक्षमा सहमति जुटाउन विदेशमन्त्री जभादले सो भ्रमण गर्न लागेको अनुमान गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्