उपत्यकामा कुन बार कुन पसल खोल्न पाइने?

काठमाडौं : उपत्यकाभित्र बारअनुसार व्यापार/व्यवसाय सञ्चालन गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरू साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने भएको हो ।

याे पनि पढ्नुस  लकडाउनमा कालोबजारीः ३५ व्यापारीलाई तोकियो कैद सजाय (सूचीसहित)

यसैगरी भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरू साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ ।

यसैगरी फर्निचर र अटो मोबाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने गरी स्वास्थय तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड अपनाइ यसअघि निषेधित अधिकांश विषयहरुलाई सहजीकरण गर्दै व्यापार तथा व्यवसाय सञ्चालन गर्न पाइने छ ।

कमेन्ट गर्नुहोस्