होटलमा बोलाएर युवतीमाथि बलात्कार, सञ्चालकसहित ४ जना पक्राउ

कैलाली : युवतीलाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा प्रहरीले कैलालीबाट ४ जनालाई पक्राउ गरेको छ ।

मंग्लबार साँझ धनगढी उपमहानगरपालिका- ४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बारमा २१ वर्षीया युवतीलाई बोलाएर जबरजस्ती करणी गरेको उजुरी पीडित पक्षले प्रहरीलाई दिएपछि ४ युवक आज पक्राउ परेका हुन्।

याे पनि पढ्नुस  साइबाबाद्वारा किशोरी बलात्कृत !

सञ्चालक सन्जु पालले आफ्नो होटलमा बोलाएको र अरू तीन जना व्यक्ति समेतले जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको थियो ।

पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका ९ घर भएका धनगढी-४ स्थित होटल संचालक २० वर्षीय सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका-१ बस्ने २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका-२ बस्ने २४ वर्षीय दिपक भट्ट र अजयमेरु गाउँपालिका-१ बस्ने २१ वर्षीय टंक धामी छन् ।

याे पनि पढ्नुस  अधिवक्ता तुलाधरद्वारा आमाबुवाको सम्झनामा खेलकुद सामग्री वितरण

उजुरी पर्नासाथ निजहरूलाई पक्राउ गरी जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता भएको र कैलाली जिल्ला अदालतबाट म्याद थप गरीअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

कमेन्ट गर्नुहोस्